भोटेकोशी भन्सार यार्डबाट वेपत्ता भएका तीन प्रहरी सहित १८ जनाको नामावली हेर्नुहोस्

भोटेकोशी भन्सार यार्डबाट वेपत्ता भएका तीन प्रहरी सहित १८ जनाको नामावली हेर्नुहोस्

  • मङ्लबार, असार २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

रसुवामा मंगलबार बिहान भोटेकोसीको बाढीमा परी बेपत्ताहरूको पहिचान सार्वजनिक गरेको छ।
भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना सम्पर्कविहीन छन्।
यस्तै उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बाढीमा बेपत्ता छन्।

-प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ४२ का प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ

-जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बारा फेटा गाउँपालिका वडा नं.०१ बस्ने वर्ष २४ का प्रहरी जवान मुन्ना ठाकुर

-प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बझाङ बुंगल नगरपालिका वडा नं. ९ बस्ने वर्ष २३ का प्रहरी जवान लोकेन्द्र बोहोरा

यी हुन् बेपत्ता ९ नेपाली नागरिक

-बर्दियाका ३६ वर्षीया जिपन चौधरी

-त्यही जिल्लाका वर्ष ३५ का सन्तोष दइत

-बर्दियाकै वर्ष २५ का बुद्धिराम राम थारु

-त्यही जिल्लाका वर्ष २४ का लक्ष्मीनारायण थारु

-बर्दियाकै वर्ष ३० का सुरेश थारु

-बागलुङ घर भएका वर्ष नखुलेका नरेन्द्र वि.क.

-सिन्धुपाल्चोक घर भएका कन्टेनर डिब्बा चालक वर्ष नखुलेका फुर्वा लामा

-ठेगाना नखुलेको मिक्चर चालक गोविन्द मोक्तान

-ठेगाना नखुलेका हाइलक्स चालक लोकमान तामाङ

यस्तै बाढीमा ६ जना चिनियाँ नागरिक पनि हराइरहेका छन्।

नामावली

-चिनियाँ पुरुष यु युए

-चिनियाँ पुरुष लि हुक्वाइङ

-चिनियाँ पुरुष नै याङ चुआन

-चिनियाँ पुरुष यु हाइ हाङ

-चिनियाँ पुरुष यु छिआओ कुई

-चिनियाँ पुरुष जोउ योङ

यसैबीच रसुवा उत्तरगया गाउँपालिका-५ उत्तरगयाधामको खोला किनारमा एकजना पुरुषको शव भेटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

पुरुष व्यक्तिको दाहिने खुट्टासहित गुप्ताङ्ग फेला परेका पुरुषको पहिचान गर्ने प्रयास भइरहेको छ।

रसुवा प्रहरीका अनुसार चीन क्षेत्रमा परेको भीषण वर्षाका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर बाढी आएको हो।

बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएकाले मंगलबार बिहान ४ बजेदेखि आवतजावत बन्द भएको छ।

यस्तै बाढीले गोसाइँकुण्ड २ मा रहेको ईभी चार्जिङ स्टेसनमा रहेका ७/८ वटा गाडी बगाएको छ।

यसैगरी भन्सार कार्यालय रसुवाको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको जानकारी प्रहरीले दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ