भोटेकोशी बाढीबाट ६ जना चीनीया सहित १८ जना सम्पर्क बिहीन, ९ जनाको उद्धार

भोटेकोशी बाढीबाट ६ जना चीनीया सहित १८ जना सम्पर्क बिहीन, ९ जनाको उद्धार

  • मङ्लबार, असार २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौँ असार २४ । रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका वडा नं.२ स्थित रसुवागढीमा एकाएक आएको बाढीमा परेर उक्त घटना भएको प्रहरीको भनाइ छ ।

बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी बगाई पुल पूर्ण रूपमा क्षति भएको छ ।

ठाँउ ठाँउमा पहिरोका कारण बाटो अवरुद्ध हुँदा उद्धारमा समेत कठिनाई भएको छ । हेलिकप्टर मार्फत सम्पर्क बिहीन भएकाहरुको खोजी कार्य तीव्र पारिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी