असार २४ रसुवा । आज बिहान भोटेकोशी नदिमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको छ। बाढीले नेपाल चीन जोड्ने मितेरीपुल बगाएको छ ।
बाढीले मानिसहरूलाई पनि बगाएको आशंका छन्। बाढीले नेपाल र चीनको सीमा नाकामा रहेको मितेरी पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक ९डीएसपी० हेम बहादुर शाहीले जानकारी दिए।
तिब्बती क्षेत्रमा भएको बर्षापछि बाढी आएको अनुमान प्रहरीले गरेको छ।
बाढीले रसुवागढी भन्सार क्षेत्रमा पार्किङ गरिएका गाडी, भन्सार गर्न राखिएका सामानहरुसमेत बगाएको छ।
आज बिहान सबा ३ बजेतिर भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आएको थियो ।
उनले बाढीले रसुवा सुख्खा बन्दरगाह र भन्सारमा राखिएका दर्जनौँ गाडीहरु बगाएको बताए। बाढीले ईभीसहित धेरै गाडी बगाएको जानकारी उनले दिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline