एमालेसँग एकता गर्ने नीति र योजना छैन: माओवादी केन्द्र

एमालेसँग एकता गर्ने नीति र योजना छैन: माओवादी केन्द्र

  • सोमवार, असार २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग एकता गर्ने नीति र सोच नभएको बताएको छ । कतिपय सञ्चार माध्यममा ुबाम एकताका लागि एमाले समक्ष माओवादी प्रस्तावु शिर्षकमा समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण भएको बताउँदै माओवादी केन्द्रले उक्त विषयको खण्डन गरेको हो ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,ुकतिपय सञ्चार माध्यममा ुबाम एकताका लागि एमाले समक्ष माओवादी प्रस्तावु शिर्षकमा समाचार प्रकाशन भएकोप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । उक्त समाचारमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको उल्लेख गरिएको छ । हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौँ ।ु

साथै समाचारमा भनिए जस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी नभएको समेत सापकोटाले बताए ।

 

513907828_921591560149961_9056952357961631086_n

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ