दुखदः खबर : भोजपुरमा एकै परिवारका चार जनाको हत्या

दुखदः खबर : भोजपुरमा एकै परिवारका चार जनाको हत्या

  • आइतवार, असार २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

असार २२ काठमाण्डौँ । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ मा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका राजेन्द्र राईले श्रीमतीसहित ससुराली घरका चार जनाको हत्या गरेको भोजपुरका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए । घटना मध्यराति भएको थियो ।

उनका अनुसार घटना संलग्न रहेका भनिएका राजेन्द्र पनि गम्भीर घाइते छन् । उनको पेटमा तीन ठाउँमा धारिलो हतियारको चोट लागेको छ । हत्यामा संलग्न राईलाई उपचारका लागि भोजपुर अस्पताल ल्याइएको थियो ।

छिमेकीका अनुसार मनिषा केही दिनअघि माइती आएकी थिइन् । मनिषालाई लिन भनेर ससुराली पुगेका राजेन्द्र र माइतीबीच मनिषाको विषयमा विवाद भएको थियो ।

घटनाको जानकारी पाउने बित्तिकै ईप्रका बयाङ र जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थल पुगेको थियो ।

अहिले घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी