एकीकृत समाजवादीको सचिवालयको बैठक आज

एकीकृत समाजवादीको सचिवालयको बैठक आज

  • आइतवार, असार २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

असार २२ काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ।

बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बस्ने तय भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

बैठकमा पतञ्जली जग्गा प्रकरणमा अध्यक्षा माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा लगायत समसामयिक राजनीतिक विषयबारे छलफल हुने ज्वालाले जानकारी दिए।

अघिल्लो सचिवालय बैठकमा अध्यक्ष नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गरेका थिए।

आज त्यसबारे छलफल जारी रहने प्रचार विभाग प्रमुख ज्वालाले बताए।

साथै नेता रामकुमारी झाक्रीको विषयमा पनि छलफल हुने संभावना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ