काठमाडौँ असार २१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिने भन्दै निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नेकपा ९माओवादी केन्द्र० पर्सा—काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा प्रवेश गराउने दाबी गरे ।
महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झन्डा उठाएको उनले स्मरण गरे ।
अध्यक्ष दाहालले भने, ‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ । यही विश्वास छ । मलाई विश्वास छ, कमरेडको रूपमा तपाईंहरु सबै पनि आफ्नो भूमिका पूरा गर्नुहुनेछ ।’
अध्यक्ष दाहालले अब पर्सामा पार्टीको विजय यात्रा सुरु भएको दाबी गरे ।