एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको काँग्रेस नेता निधिको आरोप

एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको काँग्रेस नेता निधिको आरोप

  • शनिबार, असार २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

असार २१ काठमाण्डौँ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन्।

जनकपुरमा आज पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले नेपाली कांग्रेस सहमति र सामूहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको बताएका हुन्।

एमालेले नगरपालिकाको बजेट ल्याउनसमेत समस्या सिर्जना गरिरहेको उनको आरोप छ। मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउन दिने भन्दै कतिपय नगरपालिकाहरुमा अवरोध गरेको आरोप लगाए।

ुनारायण नगरपालिकामा एमालेले बजेट पारित गर्न दिएको छैन, बैठक बस्न दिइरहेको छैन । मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउनुस् रे । प्रधानमन्त्रीको अधिकार कटौति हुनेगरी क्याबिनेटको नियम बनाउँदा मान्छ । सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना भइरहेको छैन । सामूहिक सरोकारको विषयमा अवरोध भइरहेको छ,’ उनले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ