काठमाडौँ असार २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरुलाई जितको शुभकामना दिएका छन्।
उज्वेकिस्तानसँग निर्णायक खेल खेल्नु अघि प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् ।
नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल संवादका माध्यमबाट सफलताको शुभकामना दिएका हुन्।
उज्वेकिस्तानमा जारी प्रतियोगीताको पहिलो दुई खेलमा नेपालले लाओस र श्रीलंकालाई पराजित गरेको थियो ।
आज राति सवा ८ बजे हुने निर्णायक खेलमा जित हात पार्न सके नेपाल आगामी बर्ष अष्ट्रेलियामा हुने एशिया कपमा छनौट हुनेछ ।
उज्वेकिस्तान बिरुद्ध नेपालले अहिले सम्म जित हासिल गर्न सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline