नेपालले जित्यो एसीसी यू–१६ ईष्ट जोनको उपाधी, सिंगापुर दुई विकेटले पराजित

नेपालले जित्यो एसीसी यू–१६ ईष्ट जोनको उपाधी, सिंगापुर दुई विकेटले पराजित

  • शनिबार, असार २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

असार २१ काठमाण्डौँ । सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू(१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ।

नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो। अघिल्लो संस्करण पनि नेपालले मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो।

शनिबार भएको फाइनलमा सिगांपुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २८।ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो।

नेपालका लागि जय थापा २४ र अभय यादव १० रन बनाएरु धर्मराएको खेललाई जितको दिशा दिएका थिए । उनीहरुले जय र अभयले २५ रनको साझेदारी गरे ।

विकेट किपर सिवांश बजगाइले बनाएको २० रन थपे। शुभम खनालले १८ रन थपे। शुभम खनालले प्रसिद्ध जैेसीले १७ तथा परिमार्जन यादवले १३ रन बनाए।

रौनक श्रीवास्तक शुन्य र सुगम बुढाथोकी १ रनमा आउट भए। छैटौँ ओभरमा श्रीवांस र रौनकलाई गुमाएपछि नेपाली युवा टोली दबाबमा आएका थिए।

२५ औँ ओभरमा विपिन प्रसाद शर्मा र सचिन भट्टा आउट भएपछि युवा टोली दबाबमा आएको थियो।

त्यसअघि मलेसियाको वांगीस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०।५ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो।

सिंगापुरलाई सस्तैमा रोक्न नेपालका अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए।

विपिन प्रसाद शर्माले १० ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर एक विकेट आफ्नो नाममा गरे। अभयले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चे। शुभम खनालले दुई विकेट झारे।

सिंगापुरका लागि रोहन अरुणले बनाएको २३ रन नै सर्वाधिक रह्यो। उनले ८४ बलमा २ चौका प्रहार गरे।

कप्तान रियान नायक १५ रन बनाउँदै क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी