असार २१ काठमाण्डौँ । एसीसी पुरुष यू(१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले पहिले बलिङ गरीरहेको छ ।
शनिबार बिहान मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो।
समूह चरणमा सिंगापुरलाई ६ विकेटले हराएको नेपाली युवा टोली लगातार दोस्रो जित हासिल गर्दै उपाधि जित्न चाहन्छ।
प्रतियोगितामा नेपाल मात्र अपराजित टोली हो। सिगांपुर भने समूह चरणमा नेपालसँगै हारेको थियो।
नेपालले उपाधी हात पार्ने रणनीतिका साथ खेलिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline