नाउपाले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो

नाउपाले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो

  • शुक्रबार, असार २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

असार २० धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए।

सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द्रको पत्र आएपछि दलको बैठकले सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए ।

मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार नाउपाबाट सरकारमा सहभागी उद्योग मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए।

त्यसपछि रिसाएको नाउपाले संघमा समेत सरकालाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ