युवामाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ

युवामाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ

  • शुक्रबार, असार २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES



असार २० काठमाण्डौँ । एक युवकलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेका व्यक्तिहरूलाई धरान प्रहरीले एक हप्तापछि पक्राउ गरी सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यालय धरानले घटनामा संलग्नहरूको पहिचान गरी तीनजनालाई नियन्त्रणमा लिएको हो।

गत शुक्रबार धरानमा तीन जनाको समूहले धारिलो हतियारसहित एक युवकमाथि आक्रमण गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

त्यही भिडियोको आधारमा प्रहरीले अनुसन्धानलाई अघि बढाएको जनाएको छ। शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै पक्राउ पर्नेहरूको नाम प्रहरीले सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले घटना पुरानो रिसिबीका कारण भएको अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिए ।

तीनजनाको समूहले धरान उपमहानगरपालिका २० बस्ने समिर राईलाई लखेटी लखेटी खुकुरीले काटेको समेत खुल्न आएको डीएसपी जवेगुले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका ११ घर भएका २१ वर्षीय प्रशान्त प्रधान, सोही ठाउँका पासाङ शेर्पा र मोटरसाइकल चालक सप्तरीको कञ्चनरूप नगरपालिका घर भई धरानमा बस्ने साइमन चौधरीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ