काँग्रेस केन्द्रीय समितिको समितिको बैठक आज पनि जारी

काँग्रेस केन्द्रीय समितिको समितिको बैठक आज पनि जारी

  • शुक्रबार, असार २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

असार २० काठमाण्डौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा असार १६ गतेदेखि सुरू भएको बैठकमा निरन्तर भातृ संगठन र समसामयिक विषयमा छलफल भईरहेको छ ।

बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको म्याद थप गर्ने वा नगर्नेलगायत विषयमा छलफल गर्ने एजेन्डा छ। यस विषयमा केन्द्रीय सदस्यहरूले आ(आफ्नो धारणा राखिरहेका छन्।

बिहीबार केन्द्रीय सदस्यहरू अर्जुननरसिंह के।सी।, सुरेन्द्रराज पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, रामजनम चौधरी, आङ्गेलु शेर्पा, प्रदिपकुमार सुनुवार, डा। रणबहादुर रावल, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, नागिना यादव, अजयवावु शिवाकोटी, दिनेश कोइराला, सीता थपलिया ९उर्मिला०, कल्याणी रिजाल र लक्ष्मी खतिवडाले आ–आफ्नो धारणा राखेका थिए।

नेता शेखर कोइराला, महामन्त्री गगन थापा लगायतका थुप्रै केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन्। कोइरालाले कांग्रेस महाधिवेशन २०८२ को मंसिरभित्रै हुनुपर्न बताएका थिए।

केन्द्रीय सदस्यहरूले धारणा राखेपछि सभापति शेरबहादुर देउवाले जबाफ दिनेछन्।कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ