स्पेन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

स्पेन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

  • शुक्रबार, असार २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

असार २० काठमाडौं । स्पनेको भ्रमण पूरा गरी प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कदैछन् ।

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका प्रधानमन्त्री ओली आज दिउँसो पौने चार बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली आज बिहान स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरिसकेका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए। स्पेनमा प्रधानमन्त्री ओलीले स्पेन सरकारका अध्यक्ष ९प्रधानमन्त्री० पेड्रो साञ्चेज, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा। मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका थिए। सम्मेलनलाई सम्बोधन गर्दै ओलीले जलवायु परिवर्तनको चपेटामा सबैभन्दा बढी अल्पविकसित राष्ट्रहरू परिरहेको गुनासो पोखेका छन्। प्रधानमन्त्री ओलीले विकसित राष्ट्रहरूको प्रविधि, लगानी र नवप्रवर्तनमा द्रुत उन्नति भइरहे पनि अल्पविकसित मुलुकहरू अझै डिजिटल र प्राविधिक विभाजनको सिकार भइरहेका बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ