१९ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै आफूलाई स्पष्टीकरण नसोधिएको दाबी गरेकी छन् ।
पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् ।
अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको उनले बताइन् ।
पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु, त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ ।’उनले भनिन् ।
बुटवलमा पार्टी सम्बद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।