एसीसी यू–१६ ईष्ट जोनको उपाधीका लागि नेपालले सिंगापुर बिरुद्ध खेल्ने

एसीसी यू–१६ ईष्ट जोनको उपाधीका लागि नेपालले सिंगापुर बिरुद्ध खेल्ने

  • बिहिबार, असार १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

असार १९ काठमाण्डौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधिका लागि नेपालले सिंगापुर बिरुद्ध खेल्ने भएको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता मलेसियालाई ९ विकेटले हराउँदै नेपाल चौथो पटक उपाधि नजिक पुगेको थियो। मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।

आजै भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुरले नेपालसँगको भेट पक्का गरेको हो। हङकङलाई हराएसँगै सिंगापुरले प्रतियोगितामा नेपालसँग दोस्रो भेट तय गरेको हो। समूह चरणमा सिंगापुर नेपालसँगमात्र पराजित भएको थियो।

नेपाल समूह ए को विजेता र सिंगापुर उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए। समुह ए का दुई टोलीले फाइनलमा स्थान बनाएसँगै समुह बी का दुवै टोली अन्तिम चारबाटै बाहिरिएका छन्।

दोस्रो सेमिफाइनलमा हङकङले दिएको १ सय ६९ रनको लक्ष्य सिगांपुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी