पत्रकार दिलभुषण पाठक अदालतमा उपस्थित

पत्रकार दिलभुषण पाठक अदालतमा उपस्थित

  • बिहिबार, असार १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

असार १९ काठमाण्डौँ । पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित भएका छन् । उनको बयान र थुनछेक बहस आजै हुने भएको छ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश खेमराज भट्टको इजलासमा पत्रकार पाठकको बयान र थुनछेक बहस हुने तय भएको छ ।

उनीविरूद्ध जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंले साइबर अपराधमा मुद्दा दर्ता गरेको थियो।

त्यसबारेमा इजलासमा उनको बयान लिइनेछ।

बयानलगत्तै थुनछेक बहस सुरू हुनेछ। थुनछेक बहस सकिएपछि थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने पाउने भन्नेबारे अदालतले आदेश गर्नेछ।

पाठकविरूद्ध सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलले साइबर अपराधको मुद्दा दर्ता गरेको थियो।

गत जेठ २८ गते उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो।

पाठकले ‘टफ टक विथ् दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए।

त्यही भिडिओबारे उजुरी परेपछि उनीविरूद्ध ब्युरोले पुर्जी लिएको थियो।

असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न भनेको थियो। पत्रकारले सम्प्रेषण गरेका सामग्रीबारे प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भएकोले विद्युतीय कारोबारसम्बन्धी कसुरमा पाठकमाथि अनुसन्धान गर्नु नपर्ने उच्च अदालतले भनेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ