सहमति भन्दा दश पन्ध्र दिन अघि नै देउवालाई पद हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सहमति भन्दा दश पन्ध्र दिन अघि नै देउवालाई पद हस्तान्तरण गर्छु : प्रधानमन्त्री

  • बिहिबार, असार १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

असार १९ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दलबीचको सहमतिमा तोकिएभन्दा अगावै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्।

स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार म्याड्रिडस्थित नेपाली राजदूतको निवासमा आयोजित प्रवासी नेपाली मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

ओलीले भने, ‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो। तर, त्यो अवधि सकिएपछि मात्र सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने छैन। बरु १०–१५ दिन अगावै देउवाजीलाई पद सुम्पिन्छु।’

उनले कांग्रेस र एमालेबीचको गठबन्धन ०८४ सालको निर्वाचनसम्मै कायम रहने पनि बताएका छन्।

त्यस क्रममा ओलीले युरोपमा स्थायी र अस्थायी रूपमा बसिरहेका नेपालीलाई शुभकामना दिए। त्यसैगरि उनलले युरोपमा कठिनाइ भोगिरहेका नेपालीलाई नेपाल फर्केर आधुनिक कृषिमा अवसर खोज्न पनि सुझाव दिएका छन्।

त्यसैगरि प्रधानमन्त्री ओली स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ