एसीसी यू–१६ ईष्ट जोनको सेमिफाईनलमा नेपाल र मलेशिया भीड्दै

एसीसी यू–१६ ईष्ट जोनको सेमिफाईनलमा नेपाल र मलेशिया भीड्दै

  • बिहिबार, असार १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

असार १९ काठमाण्डौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको पहिलो सेमिफाइनलमा आज नेपाली युवा टोलीले मलेसियाविरुद्ध खेल्दैछ।

मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा हुने खेल बिहीबार बिहान पौने ८ बजे सुरु हुनेछ।

नेपाली युवा टोली समूह ए को विजेता बन्दै पहिलो सेमिफाइनल खेल्न लागेको हो। समूह चरणमा अपराजित रहेको नेपाली युवा टोलीले मलेशियालाई हराउदै फाईनल प्रवेश गर्ने लक्ष्य राखेको छ ।

समूह चरणमा नेपालले भुटानलाई २ सय ९८, इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो। जापानमाथि ९ विकेटले तथा सिंगापुरलाई ६ विकेटले पाखा लगाएको थियो।

यो खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ। आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ र सिगांपुर भिड्दैछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी