कर्णाली विकास बैंघ घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य दयाल मिश्र पक्राउ

कर्णाली विकास बैंघ घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य दयाल मिश्र पक्राउ

  • बुधबार, असार १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

असार १८ काठमाण्डौँ । कर्णाली विकास बैंक घोटाला आरोपमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्।

मिश्रलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट आज पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए।

मिश्र नेकपा (एमाले) का केन्द्रीय सदस्य हुन्। मिश्र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार भई पराजित भएका थिए। मिश्र २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए।

कर्णाली विकास बैंकमा २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना भएको सिआइबीको निष्कर्ष छ।

सोही प्रकरणमा प्रहरीले यसअघि कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक ६५ वर्षीय राजेन्द्रवीर रायलाई पक्राउ गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ