कुलिङ पिरियड विवादले स्थगित भयो राज्य व्यवस्था समितिको बैठक

कुलिङ पिरियड विवादले स्थगित भयो राज्य व्यवस्था समितिको बैठक

  • मङ्लबार, असार १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

असार १७ काठमाडौँ । प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको छ ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विषयमा ‘बाहेक’ थपिएको विषयमा विवाद भएपछि सभापति रामहरि खतिवडाले बैठक स्थगित गरेका हुन् ।

बैठक सुरु हुनु अगावै माओवादी सांसदद्वय कल्पना मियाँ र माधव सापकोटाले ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा सभापति खतिवडासँग जवाफ मागेपछि खतिवडाले बैठक स्थगित गरेका हुन् ।

समितिमा आज प्रहरी विधेयकमा संशोधन राखेका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ