पत्रकार दिलभुषण पाठक बिरुद्ध साईबर अपराधको मुद्धा दायर

पत्रकार दिलभुषण पाठक बिरुद्ध साईबर अपराधको मुद्धा दायर

  • सोमवार, असार १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

असार १६ काठमाण्डौँ । पत्रकार दिलभूषण पाठकविरुद्ध साईबर अपराधको मुद्धा दर्ता भएको छ ।

आज सोमबार जिल्ला अदालत काठमाडौँमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको भन्ने दाबीमा आधारित ब्रिफिङ सामग्री युट्युबमा प्रसारण गरेका थिए।

उक्त कार्यक्रम भिडिओ, स्क्रिनसट, कागजातहरू पनि अभियोगपत्रका साथ पेस गरिएको छ।

यसअघि नै जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर साइबर ब्युरोले अनुसन्धान गर्ने तयारी गरे पनि उच्च अदालतले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

सोहीकारण पाठकको बयानसमेत नगराई अदालतमा अभियोगपत्र बुझाइएको छ। उनलाई विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत सजाय माग गरिएको छ। उनीविरुद्ध देउवा परिवारले उजुरी दिए पनि अभियोगपत्रमा जाहेरवालाको उनीहरु कसैको नाम छैन ।

यो अभियोग अनुसार पाठक बिरुद्ध एक लाख सम्म जरिवाना वा पाँच वर्ष सम्म कैदको सजाय हुन सक्ने प्रावधान रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ