दुई ट्रक ठोक्किएर च्यापिएका चालकको तीन घण्टापछि उद्धार

दुई ट्रक ठोक्किएर च्यापिएका चालकको तीन घण्टापछि उद्धार

  • सोमवार, असार १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

बारा, असार १६ गते । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जङ्गलमा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटनामा परेका चालकको तीन घण्टापछि उद्धार गरिएको छ ।

आइतबार राति एउटै दिशाबाट जाँदै गरेको दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । स्टेरिङमा च्यापिएका चालकलाई ट्रकको झ्याल काटेर तीन घण्टापछि निकालिएको हो ।

दुर्घटनमा परी चितवन जिल्लाको भरतपुर उपमहानगरपालिका–१६ बस्ने अन्दाजी ३५ वर्षीय चालक अरुण श्रेष्ठ घाइते हुनुभएको हो ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं। १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको कमाण्डमा खटिएको सुरक्षा फौजले उनको उद्धार गरेको हो ।

हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै ट्रक सडकको बायाँतर्फको साइडमा पल्टिएर दुर्घटना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ