प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता

  • सोमवार, असार १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

सेभिल्ला असार १६ । प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष ९प्रधानमन्त्री० पेड्रो साञ्चेजबीच गएराति द्विपक्षीय भेटवार्ता भएको छ । स्पेनको सेभिल्लामा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै पर्यटन, जलवायु परिवर्तन, लगानी, जनता–जनताबीच सम्पर्कलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्री ओलीले समकक्षी साञ्चेजलाई नेपालको औपचारिक भ्रमणको निमन्त्रण दिँदै नेपालमा स्पेनको दूतावास खोल्न आग्रह गरेका थिए ।

स्पेनका प्रधानमन्त्री साञ्चेजले राष्ट्रसङ्घको शान्ति मिसनमा नेपालले खेल्दै आएको भूमिकाप्रति प्रशंसा गरे। भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए।

स्पेनको मेड्रिड हुँदै सेभिल्ला पुगेका प्रधानमन्त्री ओलीले आइतबार नै सम्मेलनअन्तर्गतको नागरिक समाज मञ्चको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ