काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

  • सोमवार, असार १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

असार १६ काठमाण्डौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ। बैठक दिँउसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने छ ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ९ महिनापछि बस्न लागेको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सहभागी रहनेछन्।

कांग्रेसले ९ महिनादेखि केन्द्रीय समिति बैठक राखेको थिएन। विधानमा दुई महिनामा कम्तिमा एक पटक केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ। कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ।

आइतबार पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समितिको बैठकको एजेन्डा तय गरेको थियो।

बैठकले भ्रातृ संगठनहरुलाई समय थप्ने विषयलाई केन्द्रीय समिति बैठकको एजेन्डा बनाउने भएको छ।

केन्द्रीय समितिको बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए।

त्यस्तै पार्टीका विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउने बारेमा केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ। प्रदेश र केन्द्रको बजेटका बारेमा पनि छलफल हुने प्रवक्ता महतले जानकारी दिए।

उनले केही भ्रातृ संस्थाले अधिवेशन सकिसकेको र केहीले काम गर्न बाँकी रहेको र त्यसमा कति समय दिन सकिन्छ भन्नेबारेमा छलफल हुने बताए।

संस्थाको आवश्यकताको आधारमा समय दिने बारेमा छलफल हुने उनले बताए। साथै क्रियाशिल सदस्यहरुको स्थितिबारेमा पनि छलफल हुने उनले बताए।

ु

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ