लाओस बिरुद्ध नेपाल ९–० गोल अन्तरले बिजयी

लाओस बिरुद्ध नेपाल ९–० गोल अन्तरले बिजयी

  • आइतवार, असार १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

असार १५ काठमाण्डौँ । एएफसी एसियन कप छनोट अन्तर्गत समुह चरणको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

नेपालको जितमा सावित्रा भण्डारी साम्बाले पाँच गोल गरिन्। अनिता बस्नेत, सरु लिम्बु, रश्मी कुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरे।

खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको खेलमा नेपालले दोस्रो हाफमा ७ गोल थप्यो।

पहिलो हाफको १२ औँ मिनेटमा अनिता बस्नेतको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। सविता रानामगरको लामो क्रसमा रश्मीले सावित्रा भण्डारीलाई दिएको पासमा साम्बाले नै अनिता बस्नेतलाई दिएको पासलाई नियन्त्रणमा लिर्दै उत्कृष्ट गोल गरेकी थिईन्।

पहिलो हाफमा नै सविताको प्रहार सेकेण्ड बार नजिकबाट बाहिरिदा नेपालले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो।

पहिलो हाफको ४४ औँ मिनेटमा साम्बाको हेडर गोलमा नेपालले अग्रता दोब्बर पार्यो। अनिता बस्नेतको क्रसमा साम्बाले हेडर गोल गरिन्।

खेलको ४७ औँ मिनेटमा सरु लिम्बुको गोलमा नेपालले लाओसविरुद्ध ३–० को अग्रता लिएको हो। सविता राना मगरको पासमा सरुले बललाई पोष्टको जाली चुमाएकी थिईन्।

खेलको ४५ औँ मिनेटमा सविताले डिबक्स नजिकबाट गरेको प्रहार सिधै लाओसकी कप्तानको हातमा पुग्यो।

खेलको ५५ औँ मिनेटमा साम्बाले व्यक्तीगत दोस्रो गोल गर्दा नेपालले ४–० को अग्रता लिएको हो।

५६ औँ मिनेटमा रश्मी कुमारी घिसिङको गोलमा नेपालले ५–० को फराकिलो अग्रता बनायो। रेनुकाको पासमा रश्मीले बललाई पोष्टको गति दिएकी थिईन्।

खेलको ७५ औँ मिनेटमा साम्बाले टोलीका लागि छैटौँ गोल गर्दा ह्याट्रिक पूरा गरिन्। लगत्तै एक मिनेटमा नै साम्बाले चौथो गोल गर्दा नेपालले ७–० को फराकिलो अग्रता बनाएको हो।

खेलको ३ औँ मिनेटमा अनिता केसीको गोलमा नेपालले ८–० को अग्रता बनायो। अनिता केसी वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी थिईन्।

नेपालले अब बुधबार श्रीलंका बिरुद्ध खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी