प्रशिद्धको सतकमा ईन्डोनेशिया बिरुद्ध नेपालले बनायो ४२० रनको बिशाल योगफल

प्रशिद्धको सतकमा ईन्डोनेशिया बिरुद्ध नेपालले बनायो ४२० रनको बिशाल योगफल

  • आइतवार, असार १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

मलेसियामा भइरहेको एसिसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरूद्ध उत्कृष्ट ब्याटिङ गर्दै ४२० रनको बिशाल योगफल बनाएको छ ।

टस जितेको इन्डोनेसियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ४२० रन बनाएको हो।

नेपालका लागि ओपनिङ ब्याटर प्रसिद्ध जैशीले शतक प्रहार गरे। उनले १३२ रनको योगदान गरे। ११४ बल खेलेका प्रसिद्धले १५ चौका र १ छक्का प्रहार गरे।

अर्का ओपनर परिमार्जन यादवले ७१ रन बनाए। उनले २८ बलमा ४ चौका र ८ छक्का प्रहार गरेका थिए। प्रसिद्ध र परिमार्जनबीच पहिलो विकेटका लागि १० ओभरमा १३० रनको साझेदारी भएको थियो।

शिवान्स बजगाइँ ४ रनमा आउट भएका थिए। त्यसपछि रौनक श्रीवास्तवले पनि उत्कृष्ट ब्याटिङ गरे। रौनकले ७१ बलमा ८ चौका र २ छक्काको मद्दतमा ८८ रन बनाए।

जय थापाले ४१ बलमा ५७ रन बनाए। यस्तै सुगम बुढाथोकीले नटआउट ३९ रन र रोशन शाहीले नटआउट १० रन जोडे।

यसअघि नेपालले समूहमा जापान र सिंगापुरलाई पराजित गर्दै लगातार दुई जित निकालेको थियो। आज जित निकाले नेपाल एक खेलअघि नै सेमिफाइनल पुग्नेछ। नेपालले अन्तिम खेलमा असार १७ गते भुटानसँग खेल्नेछ।‍ प्रतियोगिताको सेमिफाइनल असार १९ र फाइनल असार २१ मा हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी