असार १४ काठमाण्ढौँ । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर नजाने’ टिप्पणी गरेका छन्।
एमालेपोखरा महानगरपालिका कमिटीले शनिबार मदन जयन्तीको अवसरमा आयोजित बिचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै त्यसकै नाममा अवसरवादीहरू सलबलाई राखेको बताए।
‘मलाई लाग्छ हाम्रो सम्माननीय पूर्व राष्ट्रपति नेकपा एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर जान सक्नुहुन्छ भन्ने म ठान्दिनँ,’ पोखरेलले भने, ‘सामाजिक सञ्जालमा अनेक प्रकारका प्रवृत्ति देखा परिराखेका छन्।’
पूर्वराष्ट्रपति भण्डारीले आजै काठमाडौँमा आयोजित कार्यक्रममा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी छिन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline