असार १४ काठमाण्डौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजबाट सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने भएकी छन् । उनी १० वर्ष अघि राष्ट्रपति भएपछि सक्रिय राजनीतिबाट विदा लिएकी थिईन् ।
उनका पति मदन भण्डारीको ७५औँ जन्म जयन्तीको अवरमा आज ‘मदन भण्डारी फाउन्डेसन’ले आयोजना गर्ने बृहत् कार्यक्रममार्फत उनले आफू पुनः एमालेको राजनीतिमा फर्किएको उद्घोष गर्ने भएकी हुन्।
कार्यक्रम काठमाडौँको भृकुटीमन्डपस्थित पुरानो राष्ट्रिय सभा गृहमा हुनेछ। २०७२ कात्तिक ११ गते राष्ट्रपति बनेकी भण्डारी २०७४ फागुन २९ मा लगातार दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति चुनिइन्।
२०७९ फागुन २९ गते राष्ट्रपतिको कार्यालय ९शीतलनिवास० बाट बाहिरिएकी उनी फेरि पार्टी राजनीतिमा फर्किन लागेकी हुन्। राष्ट्रपति हुनुअघि उनी एमालेमा उपाध्यक्ष थिइन्।
उनले एमालेको नेतृत्व गर्ने चाहना व्यक्त गरेपछि विगतमा निकट रहे पनि अहिले भने प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली झस्किएको बताईएको छ ।