लागू औषध गाँजा सहित ३ जना पक्राउ

लागू औषध गाँजा सहित ३ जना पक्राउ

  • शुक्रबार, असार १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

विराटनगर, असार १३ गते । झापा र सुनसरीबाट लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १२ गते प्रहरी चौकी भरौल सुनसरीको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-४ स्थितबाट चेकजाँचको क्रममा को. १ ह ९५१० नम्बरको अटो भित्रबाट लुकाई छिपाई राखेको ७५ किलोग्राम लागू औषध गाँजा बरामद गरेसगै अटो चालक ईटहरी-१० का ४५ बर्षीय सुरतलाल चौधरीलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका-६ की ५९ बर्षीया अमृत माया लिम्बु र इलाम नगरपालिका-१२ घर भई हाल झापाको अर्जुनधारा-१ स्थित निर्माणाधीन पुलमा काम गर्दै आएका २० बर्षीय रोशन भट्टराईलाई १ किलो ८ सय ८८ ग्राम ६ सय ३० मिलिग्राम गाँजा सहित प्रहरी चौकी शनिश्चरेले पक्राउ गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ