नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियाको भ्रमण गर्ने, टी–२० सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियाको भ्रमण गर्ने, टी–२० सिरिज खेल्ने

  • शुक्रबार, असार १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

असार १३ काठमाण्डौँ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको छ। विश्वकप छनोटअघि नेपाली टोलीले अस्ट्रेलियामा टप इण्ड टी–२० सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गरी जानकारी दिएको छ । ्

नेपालले डिएक्ससी एरिना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा खेल्नेछ। सिरिज १४ अगस्टदेखि २४ सम्म अस्ट्रेलियाको डार्बिनमा हुनेछ। नेपालले अस्ट्रेलियामा रहँदा कम्तीमा पनि ६ खेल खेल्नेछ।

विश्व टी–२० क्रिकेट वरीयतामा नेपाल १८औं स्थानमा छ। यो सिरिजलाई नेपालले भारत तथा श्रीलंकामा हुने २०२६ को विश्वकप छनोटको तयारीको रुपमा उपयोग गर्नेछ। नेपालका नयाँ क्रिकेट प्रशिक्षक स्टुअर्ट ल अष्ट्रेलियाकै भएका कारण उनको पहलमा अष्ट्रेलिया भ्रमण हुने तय भएको अनुमान गरिएको छ ।

नेपालले पहिलोपटक वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० श्रृङ्खला आगामी सेप्टेम्बरमा खेल्ने तय भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी