काँग्रेसले १३ करोडमा घर जग्गा किन्ने , पार्टी कार्यलय बिस्तार गर्ने

काँग्रेसले १३ करोडमा घर जग्गा किन्ने , पार्टी कार्यलय बिस्तार गर्ने

  • शुक्रबार, असार १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

असार १३काठमाडौँ । सत्तारुढ दल कांग्रेसले केन्द्रीय कार्यालय विस्तारका लागि सानेपामा १९ आना जग्गा र तीनतले घर किन्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो बनाउन थप जग्गा किन्न लागिएको हो ।

कार्यालयलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ कार्यालय अगाडिपट्टी रहेको १९ आना ९एक रोपनी तीन आना तीन पैसा ० जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसले अमिरमान अमात्यबाट घरजग्गा किन्न लागेको हो । बुधबार कांग्रेसले १ वर्षभित्र पास गर्ने गरी जग्गा खरिदका लागि अमात्यलाई ५० लाख रुपैयाँ बैना दिइसकेको छ । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग सम्झौता भएको हो ।

यो जग्गा खरीद पछि काँग्रेसको पार्टी कार्यलय विस्तार गर्ने योजना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ