मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगको आह्वान, रिक्त पदहरुमा उपनिर्वाचनको तयारी

मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगको आह्वान, रिक्त पदहरुमा उपनिर्वाचनको तयारी

  • बिहिबार, असार १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

१२ असार, काठमाडौं । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त पदहरुमा उपनिर्वाचनको तयारी गरेको छ । आयोगले उक्त तयारी स्वरुप मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरुलाई नामावली दर्ता गराउन निर्वाचन आयोगले अनुरोध गरेको छ ।

आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भएकाले यथाशीघ्र छिटो नाम दर्ता गराउनुपर्ने बताए ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीबीच रिक्त विभिन्न पदमा उपनिर्वाचनको मिति तोक्नेबारे छलफल भएको थियो ।

खासगरी प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ ९ख० मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे परामर्श भएको थियो ।

रुपन्देही ३ मा राप्रपाका सांसद दिपक बोहराको निधन भएपछि पद रिक्त छ । त्यस्तै, मनाङ क्षेत्र नम्बर १ ९२० का प्रदेशसभा सदस्य दिपक मनाङे जेल गएपछि पद रिक्त छ ।

त्यस्तै, स्थानीय तहमा एक दर्जन बढी वडाध्यक्ष पद रिक्त छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ