टोखामा बिष्णुमतीमा खस्यो कार, युवतीको सकुसल उद्धार

टोखामा बिष्णुमतीमा खस्यो कार, युवतीको सकुसल उद्धार

  • बिहिबार, असार १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं असार १२ । टोखामा विष्णुमति खोलाले बगाएको कारमा सवार एक महिलाको उद्धार गरिएको छ। गएराति सवा दश बजेतिर काठमाडौंको टोखा नगरपालिका–६ ग्रान्डी अस्पताल पछाडि विष्णुमति खोलामा कार खसेको र सोही कारमा सवार महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंको धुम्बाराही बस्ने अंकुश सिंहले चलाएको बा।प्र। ०१–०३१ च ६१४१ नम्बरको प्राइभेट कार खोलामा खसेपछि सवारी चालक तत्काल गाडीबाट खोला किनारामा हाम फालेका थिए। सिंह निस्किएपनि कारभित्र सवार काठमाडौंको टोखा बस्ने भावना ओलीलाई बगाएको थियो । गाडीसहित बगेर बाँनियाटार पुलमा आइ पुगेपछि गाडी अड्किएको अवस्थामा ओलीलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरेको प्रहरीले जनाएको छ।

ओलीलाई उद्धार गरि उपचारको लागि ग्रिनसिटी अस्पताल पठाइएको प्रहरीको भनाई छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ