देशभर अधिकांश नदीहरुको जलसतह बढ्ने , सतर्कता अपनाउन अपील

देशभर अधिकांश नदीहरुको जलसतह बढ्ने , सतर्कता अपनाउन अपील

  • बिहिबार, असार १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदीहरूको जलसतह बढ्ने जनाएको छ।

आज बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णालीलगायतका नदीहरूको बहाव सामान्य र सतर्कता तहभन्दा तलै रहे पनि अब बढ्ने क्रममा रहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार, आज पश्चिम सेती (दिपायल) र बागमती ९पधेरादोभान० मा पानीको बहाव उल्लेख्य बढ्नेछ। कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती र बबईका अधिकांश मापन केन्द्रमा भने बहाव सामान्य रूपमा बढ्ने पूर्वानुमान छ।

भोलि ९असार १३ गते० भने धेरै नदीमा बहाव उल्लेख्य बढ्ने देखिन्छ। महाशाखाका अनुसार भोलि दुधकोशी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती (दमौली) , कालिगण्डकी, पश्चिम सेती, महाकाली, कन्काई, बागमती र पश्चिम राप्ती नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम औँल्याएको छ। आज मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

साथै झापा, इलाम, मोरङ, ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न पहाडी जिल्लाका साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम रहेको जनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ