यी हुन् मन्त्रीपरिषद्ले गरेका १५ निर्णयहरु

यी हुन् मन्त्रीपरिषद्ले गरेका १५ निर्णयहरु

  • बुधबार, असार ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ असार ११ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । बुधबार सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले गरेका १५ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् ।

सरकारले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको छ भने नेपाली सेनाका दुई जना महासेनानीहरूको पदावधि थप गर्ने, एक जना सहायक रथीको उपरथीमा बढुवा गर्ने र दुई जना उपरथीहरूको सरुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै राष्ट्रिय खेलकुद नीति २०८२ स्वीकृत गर्ने र तथ्याङ्क प्रणाली विकासका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीति स्वीकृत गरिएको मन्त्री गुरुङले बताए ।

असार ९ गते बसेको मन्त्रीपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा पूर्व मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सह–सचिवहरू सदस्य रहेको सात सदस्यीय अध्यागमन र भिजिट भिसाका सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ गठन गर्ने निर्णय गरेको समेत गरेको छ ।

1

2

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ