भ्रष्टाचार मुद्धामा माधव नेपालको बयान सकियो, थुनछेक बहस शुरु हुँदै

भ्रष्टाचार मुद्धामा माधव नेपालको बयान सकियो, थुनछेक बहस शुरु हुँदै

  • बुधबार, असार ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं असार ११ । विशेष अदालत काठमाडौंमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको बयान सकिएको छ ।

न्यायाधीशहरू तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सकिएको हो। बयान सकिएकाले केही बेरमा नेपालविरुद्ध थुनछेक बहस सुरू हुने अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अन्नपूर्णलाई जानकारी दिए।

नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी,खम्बहादुर खातीलगायत सय बढीजनाले बहसका लागि नाम टिपाएका छन् । थुनछेक बहस पछि पुर्पक्षका लागि नेपाललाई कारागार पठाउने कि बाहिरबाटै मुद्दा लड्न पाउने आदेश हुनेछ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ। २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो।

अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएसँगै एकीकृत समाजवादीका सांसद नेपालको पद निलम्बनमा परेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ