संसदमा पेश भएका महत्वपूर्ण विधेयक छिटो अगाडी बढाउनु पर्यो : प्रचण्ड

संसदमा पेश भएका महत्वपूर्ण विधेयक छिटो अगाडी बढाउनु पर्यो : प्रचण्ड

  • बुधबार, असार ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

असार ११ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा पेश भएका विधेयकहरु छिटो अगाडी बढाउनु आवस्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सरोकारवाला र सम्बन्धित सबैका रायसुझाव लिएर संघीय प्रहरी ऐन सम्बन्धि विधेयकमाथि दफावार छलफल गर्नु पर्ने बताए ।

‘प्रहरीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक लामो समयदेखि छलफलमा थियो । ढिलै भए पनि सरकारले प्रस्तुत गरेकोमा धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘धेरै वर्षपछि यो विधेयक प्रस्तावित भएको छ । अब सम्बन्धित सरोकारवाला सबैको राय सुझाव लिएर विधेयकमाथि व्यापक छलफल गरौं र अधिकतम परिमार्जनसहित पारित गरौं ।’

बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले विषयगत समितिमा गम्भीर छलफल भएर पारित भएका विधेयक समेत संसदको पूर्ण बैठकसम्म पुग्दा चलखेल हुने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

‘विधेयकलाई अगाडि बढाउन ढिलो गर्ने, छेडखानी गर्ने काम नगरियोस् । यहाँबाट पारित भएका विधेयक समयै सदनमा प्रस्तुत होस् भनेर म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यसमा समितिका सभापतिले पनि चाँडै अगाडि बढाउन तदारुकता देखाइयोस् ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ