अहिले रास्वपाबारे टिप्पणी गर्दिन , सबै कुरा बिस्तारै थाहा हुन्छ : प्रचण्ड

अहिले रास्वपाबारे टिप्पणी गर्दिन , सबै कुरा बिस्तारै थाहा हुन्छ : प्रचण्ड

  • मङ्लबार, असार १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

असार १० काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा संसद अवरोध जारी राखेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बारे अहिले केही टिप्पणी नगर्ने बताएका छन् ।

मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकमीसँग कुरा गर्दै उनले बिस्तारै रास्वपाले सबै कुरा थाहा पाउने स्पष्ट पारे ।

साथै नेपालसँग गम्भीर कुराकानी केही नभएको उनको भनाइ छ । ‘संसदमा भएको गतिरोध, सरकारले गठन गरेको छानबिन समिति, समाजवादी मोर्चा लगायतका विषयमा सामान्य छलफल भएको हो । गम्भीर विषयमा छलफल भएको होइन’, उनले भने, ‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अन्तिमसम्म प्रयास गरेको छु । अझै गर्दैछु । रास्वपाका साथीहरूले एकदिन सबै कुरा बुझ्नेछन् ।’

भिजिट भिसा प्रकरणमा सरकारले सोमबार पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ