नेपालले जापानलाई ९ बिकेटले हरायो

नेपालले जापानलाई ९ बिकेटले हरायो

  • मङ्लबार, असार १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, १० असार । नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा लगातार दोस्रो जित दर्ता गरेको छ।

मलेसियाको कोजल टुन्कु जाफर ओभलमा नेपालले मंगलबार जापानविरुद्व ९ विकेटको सानदार जित निकालेको हो ।

जापानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो, जसमा नेपालका लागि शिवान्स बजगाईँले अविजित ३८ र प्रसिद्व जैसीले अविजित ३३ रन बनाएका थिए ।

दोस्रो विकेटका लागि शिवान्स र प्रसिद्वले अविजित ८० रनको साझेदारी गरेका थिए भने जापानका लागि एकमात्र विकेट केइसी काबायाशी डोगेटले लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको जापानले ३४.३ ओभरमा ८० रनको योगफल तयार पारेको थियो ।

जापानका लागि कप्तान चार्ली हाराहिन्जेले ३६ र गाबी हाराहिन्जेले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि सुभम खनालले १० ओभरमा १५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए भने अभय यादवले २ तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले समान एक विकेट लिए।

अब नेपालले तेस्रो खेलमा आइतबार इन्डोनेसियाको सामना गर्नेछ ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ४ अंक जोडेको नेपाल समूह ए को शीर्ष स्थानमा छ भने पराजित जापानको समान खेलबाट दुई अंकमा सिमित रहेको छ । पहिलो खेलमा नेपालले सिंगापुर तथा जापानले भुटानलाई हराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी