एजेन्सी असार १० । अमेरीकामा रहेका थप साथ सय ६८ नेपालीलाई निष्कासन गर्न अदालतमा सिफारीस गरिएको छ ।
यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा बसोबास गर्दै आएको भन्दै उनीहरूलाई निष्कासन गर्ने प्रक्रिया टुंग्याउन अदालतमा सिफारिस गरेको हो ।
एक्जुकेटिभ अफिस फर इमिग्रेसन रिभ्यु (ईओआईआर) को तथ्यांकअनुसार अदालतमा सिफारिस हुनेमध्ये गत जनवरीमा २ सय ३५, फेब्रुअरीमा २ सय ३९, मार्चमा १ सय ९४ र अप्रिलमा १ सय जना छन् । मे यताको तथ्यांक सार्वजनिक भइसकेको छैन ।
यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज ९यूएससीआईएस० ले शरणार्थी वा बसोबासका लागि अघि बढाएको प्रक्रिया अस्वीकृत गरेमा, टेम्प्रोररी प्रोटेक्ट स्टाटस ९टीपीएस० समाप्त भएमा वा अध्यागमन स्टाटस नभएको खण्डमा निष्कासनका लागि अदालतमा सिफारिस गरिने प्रावधान रहेको ईओआईआरले जनाएको छ । आइसले बिनाभिसा अमेरिका प्रवेश गरी बसोबासका लागि अनुरोध गर्दै शरणार्थीको आवेदन दिनेलाई र अध्यागमन कानुन उल्लंघन गर्ने अन्य व्यक्तिलाई निष्कासनको आदेशका लागि अदालतमा सिफारिस गर्ने प्रावधान छ ।
ट्रम्पको कडाइकै कारण उनको कार्यकाल सुरु भएयता ६ महिनामा १ सय ६३ नेपालीलाई निष्कासन गरिएको छ ।