असार ९ काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सोमबारको प्रतिनिधिसभाको बैठक सुरुमै बहिस्कार गरेका छन्।
यसअघि सत्ता पक्षका सांसद बोल्दा मात्रै बैठकबाट बाहिरिने गरेका रास्वपा सांसद आज पनि सभामुखले बैठक सुरु गरे लगत्तै आफ्नो भनाइ राखेर बाहिरिएका हुन्।
रास्वपा सांसद शिव नेपालीले भिजिट भिसामार्फत भएको मानव तस्करीको छानबिन नगरेसम्म संसद्मा आफूहरुको विरोध जारी रहने भन्दै बैठक बहिस्कार गर्ने जानकारी दिए।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसदमा बिरोध गर्दै आएको छ ।
यसै गरी राप्रपाका सांसदहरुले पनि आजको बैठक बहिष्कार गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline