ईरानमाथिको अमेरीकी हमलाको नेपालका ९ वटा कम्युनिष्ट पार्टीद्धारा भर्त्सना

ईरानमाथिको अमेरीकी हमलाको नेपालका ९ वटा कम्युनिष्ट पार्टीद्धारा भर्त्सना

  • आइतवार, असार ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ असार ८ । नेपालका नौ कम्युनिष्ट दलले इरानमाथि अमेरिकाले आक्रमण गरी राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाएका छन् । माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टीलगायत नौ कम्युनिस्ट पार्टीले इरानमाथि अमेरिकी आक्रमणको भर्त्सना गरेका हुन् ।

‘हामी राजनीतिक दलहरु नागरिक समाजको तर्फबाट प्यालेस्टाइनमा इजरायली हस्तक्षेपविरुद्ध अभियान संचालन गर्दै प्यालेस्टाइनी जनताप्रतिको ऐक्यबद्धता जाहेर गरेका थियौं । यस घटना सेलाउन नपाउँदै मतिखेर अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको छ,’ ती दलले भनेका छन्, ‘त्यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन, अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गरेको छ ।’

माओवादी महासचिव देव गुरुङ, नेकपा मसाल महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समाजवादीका नेता बलराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता, पवनमान श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, महासचिव आहुति, नेकपा ९बहुमत०का कृष्णप्रसाद धमला र नेकपा, उपाध्यक्ष रामबहादुर भण्डारीलगायतले विज्ञप्ति जारी गरी इराकमाथि आक्रमणको विरोध गरेका हुन् ।

Nine communist parties, including the Maoists, condemned the American attack on Iran

‘

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ