अण्डर- १६ टिमले हरायो सिंगापुरलाई

अण्डर- १६ टिमले हरायो सिंगापुरलाई

  • आइतवार, असार ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

८ असार, काठमाडौं । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो ।

सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । प्रसिद्ध ५५ रनमा अविजित रहे । रौनक श्रीवास्तवले ४० रन बनाए ।

सिंगापुरका आकाश तेजाले ३ विकेट लिए । युवान पाण्डेले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भएको थियो ।

विपिनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए । सचिनले ६.१ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । अभय यादव र शुभम खनाले समान १ विकेट लिए ।

सिंगापुरका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाए । यस्तै ओपनर आहान भुथानदमले ३८ रन बनाए ।

नेपालले अब दोस्रो खेल मंगलबार जापानसँग खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी