असार ८ काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरोधलाई कायमै राखेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका असिम साह र राप्रपाका धवलशमशेर राणाले आफ्ना धारणा राखेर संसद् अवरोध कायमै हुने बताएका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएपछि रास्वपा सांसदहरुले यसअघि झै वेल घेरेर नाराबाजी गरिरहेका छन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै रास्वपा र राप्रपाले गत जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आइरहेको छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline