एनपिएलका लागि सुदुरपश्चिम रोयल्सका प्रारम्भिक खेलाडीहरुको सुची सार्वजनिक

एनपिएलका लागि सुदुरपश्चिम रोयल्सका प्रारम्भिक खेलाडीहरुको सुची सार्वजनिक

  • शनिबार, असार ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एन.पी.एल.) को आगामी सिजनलाई लक्षित गर्दै आज असार ७ गते रिटेन तथा रिलिज गरिएको खेलाडीहरूको आधिकारिक सूची सार्वजनिक गरेको छ।
टोलीले यस सिजनका लागि राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गर्दै टोलीप्रति उहाँको प्रभावकारी नेतृत्वको भरोसा कायम राखेको छ। साथै, निरन्तरता दिने अन्य महत्वपूर्ण खेलाडीहरूमध्ये विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद रहेका छन्।
रिटेन गरिएका खेलाडीहरू:
दिपेन्द्र सिंह ऐरी (मार्की खेलाडी)
विनोद भण्डारी
आरिफ शेख
अविनाश बोहरा
ईशान पाण्डे
नरेन साउद
यसै सन्दर्भमा, आगामी सिजनका लागि रणनीतिक योजना र टिम संरचनालाई सशक्त बनाउँदै केही खेलाडीहरूलाई रिलिज गरिएको छ। टिम व्यवस्थापनले उनीहरूप्रति कृतज्ञता व्यक्त गर्दै आगामी यात्राको सफलताको कामना गरेको छ।
रिलिज गरिएका खेलाडीहरू:
अर्जुन कुमाल
नरेश बुढाथोकी
खडक बहादुर बोहरा
भोजराज भट्ट
अमित श्रेष्ठ
वसन्त खत्री
सुदूरपश्चिम रोयल्स परिवारले सबै रिलिज गरिएका खेलाडीहरूलाई योगदानका लागि धन्यवाद ज्ञापन गर्दछ र उनीहरूको भविष्य अझ उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछ।
सुदूरपश्चिमको पहिचान बोकेको हाम्रो टोलीले टिम निर्माण प्रक्रिया अझ सुदृढ बनाउने लक्ष्य लिएको छ। आगामी दिनहरूमा हुने खेलाडी ड्राफ्ट तथा ट्रायलहरूमा नयाँ अनुहारहरूको समेत स्वागत गरिनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी