अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

  • शुक्रबार, असार ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

स्कटल्यान्डले तीनदेशीय ट्वान्टी–२० शृंखलाको उपाधि जितेको छ । अन्तिम तथा उपाधिको हिसाबले निर्णायक खेलमा स्कटल्यान्डले शुक्रबार नेपाललाई ३४ रनले पराजित गर्दै उपाधी जितेको हो ।

स्कटल्यान्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा १ सय ९४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १८।५ ओभर खेली १ सय ५९ रनमा अलआउट भयो ।

डबल राउन्ड रोबिनमा आयोजित प्रतियोगितामा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सले समान २ खेलमा जित र २ मा पराजय भोगे पनि नेट रनरेटमा स्कटल्यान्ड शीर्ष स्थानमा रहँदै विजेता बन्यो । नेपाल दोस्रो स्थानमा रह्यो ।

यसै शृंखलादेखि ‘डेब्यु क्याप’ पाएका रुपेश सिंह ४३ रन बनाई अविजित रहे । उनले २२ बल खेली १ चौका र ३ छक्का प्रहार गरे । दीपेन्द्र सिंह ३४ रनमा आउट भए ।

कुशल भूर्तेल ४, भीम सार्की १२, आसिफ शेख १४, आरिफ शेख र लोकेश बम समान ५ रनमा आउट भए । कप्तान रोहित पौडेलले २० बल खेली ४ चौकासहित २७ रन बनाए । सन्दीप लामिछाने शून्य, रिजन ढकाल ५ र ललित राजवंशी १ रनमा आउट भए । स्कटल्यान्डका क्रिस ग्रिभ्सले ३ ओभरमा २७ रन खर्चेर ३ र साफ्यान सरिफले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा ५ विकेट गुमाई १ सय ९३ रन बनाएको थियो । जर्ज मुन्सी र ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै दोस्रो विकेटमा १ सय रनको साझेदारी गर्दै स्कटल्यान्डलाई विशाल लक्ष्यमा उभ्याए । कामचलाउ ओपनरको रुपमा खेल्दै आएका मार्क वाट अर्को खेलमा पनि चल्न सकेनन् । उनलाई रुपेश सिंहले ९ रनमा बोल्ड गरे ।

त्यसपछि खेलमा हावी भएका ओपनर मुन्सीले ३९ बल खेली ५ चौका र ६ छक्का प्रहार गरी ७८ र म्याकमुलेनले ३० बल खेली ४ चौका र १ छक्कासहित ४२ रन बनाए । कप्तान रिची बेरिङटन ९, फिन्ले म्याकक्रिथ १ रनमा आउट भए । म्याथ्यु क्रस १३ बल खेली २ चौका प्रहार गरि १७ र माइकल लिस्क १७ बल खेलि १ चौका र २ छक्का प्रहार गरि २६ रनमा अविजित रहे ।

स्कटल्यान्डसँगको खेलअघि नेपालले प्रतियोगिताको पहिलो तीन खेलमा २ मा विजय हात पारेको थियो । नेदरल्यान्ड्ससँग आइतबार नेपाल तीन सुपर ओभरमा टुंगिएको खेलमा पराजित भएको थियो । मंगलबार स्कटल्यान्डलाई ‘लो स्कोरिङ’ खेलमा २ विकेटले पराजित गरेको नेपालले बिहीबार नेदरल्यान्ड्समाथि ६ विकेटको सानदार विजय हात पारेको थियो ।

नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलेको टोलीबाट करण केसीको स्थानमा रिजन ढकाललाई खेलाएको थियो । तर देव्रेहाते तीब्र बलर रिजनले खेलमा खासै प्रभाव देखाउन सकेनन् । उनले ३ ओभरमा ३५ रन खर्चन पुगे । उपकप्तान दीपेन्द्रसिंह ऐरी पनि महङ्गा साबित भए । उनले ४ ओभरमा ५० रन खर्चेर कुनै विकेट लिन सकेनन् । कुशल भूर्तेलले २ विकेट लिए । उनले २ ओभरमा २० रन खर्चे । सन्दीप लामिछाने, ललित राजवंशी र रुपेशले १–१ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी