ठगी मुद्धामा भगवति गाउँपालिकाका पूर्व अध्यक्ष साहसहित ३ जना बिरुद्द पक्राउ पुर्जी जारी

ठगी मुद्धामा भगवति गाउँपालिकाका पूर्व अध्यक्ष साहसहित ३ जना बिरुद्द पक्राउ पुर्जी जारी

  • शुक्रबार, असार ६, २०८२
  • सञ्जय मिश्रा

  • 8.3K
    SHARES

रौतहट ६ असार। रौतहटको पूर्विभेग दुर्गा भगवति गाँउपालिकाका पूर्व अध्यक्ष अरुण साहसहित ३ जना बिरुद्द जिल्ला अदालत रौतहटले पक्राउ पूर्जी जारी गरेको छ ।

जग्गा सम्बन्धी कारोवारमा रकम ठगी गरेको मुद्दामा अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत रौतहटसँग गत जेठ १३ गते अनुमति माँग गरेको डिएसपी राजन कार्कीले न्युज कारखानालाई बताए । प्रहरीको माग अनुसार जिल्ला अदालतले पूर्व अध्यक्ष साहसहित ३ जनालाई पक्राउ गर्न आदेश जारी गरेको हो ।

गरुडा नगरपालिका–६ पोठियाहीका संतोष कुमार चौधरीले काठमाडौं नागार्जुन ४ बस्ने विमला देवी श्रेष्ठ र धिरज श्रेष्ठसँग सर्लाही हरिपुर–७ मा रहेको जग्गा खरिदका लागी गरेको सम्झौता बमोजिम पटक पटक गरी १ करोड ४३ लाख रकम नगद र चेक समेत बुझाएका थिए ।

उक्त जग्गा खरिद विक्रीमा संलग्न साहलाई चौधरीले आफ्ना ससुरा प्रभन्य चौधरीको नाममा रहेको नेपाल बैंक लिमिटिडको चेक मार्फत २०८१ भदौ १९ गते साहलाई १० लाख रुपैयाँको चेक दिएका थिए।

सो पछि पटक पटक जग्गा पास गराउन भन्दा आलटाल गर्दै आएकाले पीडित सन्तोष चौधरीले पीडक विमला श्रेष्ठ, धिरज श्रेष्ठ र अरुण साह बिरुद्द १ करोड ४३ लाख ५० हजार ठगी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दायर गरेका थिए ।

मुद्दामा प्रहरीको अनुसन्धानको लागि जिल्ला अदालत रौतहटले अरुण साह,विमला देवी श्रेष्ठ र धिरज श्रेष्ठ लाई पक्राउ गर्न आदेश दिएको हो। ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले ठगी मुद्दामा संलग्न तीनैजना लाई पक्राउ गर्ने तयारी भईरहेको बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी