त्रिकोणात्मक सिरिजमा नेपालको दोस्रो जीत

त्रिकोणात्मक सिरिजमा नेपालको दोस्रो जीत

  • बिहिबार, असार ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौँ असार ४ । स्कटल्यान्डमा जारी टी२० त्रिकोणात्मक शृंखलामा नेपालले नेदरल्याण्ढस्लाई पराजीत गरेको छ ।

ग्लास्गोमा भएको खेलमा ओपनर कुशल भुर्तेलको अर्धशतक सहयोगमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्‍यो।

जारी शृंखलामा नेपालले लगातार दोस्रो जित दर्ता गरायो ।

अब शृंखलाको अन्तिम खेलमा नेपालले शुक्रबार घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्नेछ।

पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको थियो। बिहीबार नेदरल्यान्ड्सले दिएको १ सय ७५ रनको लक्ष्य नेपालले २ बलअगावै चार विकेटको क्षतिमा भेट्टायो।

दोस्रो विकेटका लागि ओपनर कुशल भुर्तेल र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। १६ बलमा २ चौका र १ छक्का सहयोगमा २७ रन बनाएका भीम सार्की भान डे मेर्वेको बलमा बोल्ड आउट भए।

चौथो विकेटका लागि ओपनर कुशल र आरिफ शेखले ४४ रनको साझेदारी गरेपछि नेपाल जित उन्मुख भएको थियो। ६५ रन बनाएका कुशल १६ औँ ओभरको चौथो बलमा क्याच आउट हुन पुगे। कुशलले ५१ बलमा ६ चौका सहयोगमा ६५ रनको सर्वाधिक योगदान दिए।

२३ बलमा ३ चौका र २ छक्का सहयोगमा ३९ रन बनाएका आरिफ शेख रिटायर्ड हर्ट भए।

दीपेन्द्र सिंह ऐरी १६ र लोकेश बम १२ रनमा नटआउट रहे।

कप्तान रोहित पौडेल ५ रन बनाउँदा एलबीडब्लु धरापमा परे। अर्का ओपनर आशिफ शेख ७ रनमा एलबीडब्लु धरापमा पर्दै पेभेलियन फर्के।

त्यसअघि स्कटल्यान्डको टिटवुड ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रनको योगफल तयार पारेको थियो।

सुरुवातबाट नै दबाबमा परेको डच टोली एक समय ६ ओभरमा ४–४५ को अवस्थामा थियो। पाचौँ विकेटका लागि माइकल लेविट र सकिव जुल्फिकरले ६३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ्स उकासेका थिए।

ओपनर माइकल लेविट ८६ रन बनाउँदा क्याच आउट हुन पुगे। ५३ बलमा ६ चौका र ५ छक्का हानेका माइकल करण केसीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुँदै पेभेलियन फर्के।

रोइलफ भान डेर मेर्वे ३६ र आर्यन दत्त १७ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
स्कटल्यान्डमा जारी टी२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले दोस्रो जित दर्ता गरेको छ।

ग्लास्गोमा भएको खेलमा अघिल्लोपटक तेस्रो सुपर ओभरमा भोगेको हारको बदला लिँदै नेपालले बिहीबार नेदरल्यान्ड्सलाई हराएको हो।

ओपनर कुशल भुर्तेलको अर्धशतक सहयोगमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्‍यो।

जारी शृंखलामा नेपालले लगातार दोस्रो जित दर्ता गर्दा नेदरल्यान्ड्सको भने यो दोस्रो पराजय हो।

अब शृंखलाको अन्तिम खेलमा नेपालले शुक्रबार घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्नेछ।

पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको थियो। बिहीबार नेदरल्यान्ड्सले दिएको १ सय ७५ रनको लक्ष्य नेपालले २ बलअगावै चार विकेटको क्षतिमा भेट्टायो।

दोस्रो विकेटका लागि ओपनर कुशल भुर्तेल र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। १६ बलमा २ चौका र १ छक्का सहयोगमा २७ रन बनाएका भीम सार्की भान डे मेर्वेको बलमा बोल्ड आउट भए।

चौथो विकेटका लागि ओपनर कुशल र आरिफ शेखले ४४ रनको साझेदारी गरेपछि नेपाल जित उन्मुख भएको थियो। ६५ रन बनाएका कुशल १६ औँ ओभरको चौथो बलमा क्याच आउट हुन पुगे। कुशलले ५१ बलमा ६ चौका सहयोगमा ६५ रनको सर्वाधिक योगदान दिए।

२३ बलमा ३ चौका र २ छक्का सहयोगमा ३९ रन बनाएका आरिफ शेख रिटायर्ड हर्ट भए।

दीपेन्द्र सिंह ऐरी १६ र लोकेश बम १२ रनमा नटआउट रहे।

कप्तान रोहित पौडेल ५ रन बनाउँदा एलबीडब्लु धरापमा परे। अर्का ओपनर आशिफ शेख ७ रनमा एलबीडब्लु धरापमा पर्दै पेभेलियन फर्के।

त्यसअघि स्कटल्यान्डको टिटवुड ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रनको योगफल तयार पारेको थियो।

सुरुवातबाट नै दबाबमा परेको डच टोली एक समय ६ ओभरमा ४–४५ को अवस्थामा थियो। पाचौँ विकेटका लागि माइकल लेविट र सकिव जुल्फिकरले ६३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ्स उकासेका थिए।

ओपनर माइकल लेविट ८६ रन बनाउँदा क्याच आउट हुन पुगे। ५३ बलमा ६ चौका र ५ छक्का हानेका माइकल करण केसीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुँदै पेभेलियन फर्के।

रोइलफ भान डेर मेर्वे ३६ र आर्यन दत्त १७ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

सकिव जुल्फिकर ११ बलमा २ चौका सहयोगमा १४ रन बनाउँदा सन्दीप लामिछानेको बलमा आउट भए।

नेपालका लागि करण केसीले दुई विकेट लिए। ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी